तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ।
तनहुँ– जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् ।
डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो।
प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ। घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
“गाडीधनी र चालकको खोजी भइरहेको छ”, उनले भने, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
