भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्को नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
काठमाडौँ– भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको ‘क्वी सी ४’ होस्टेलमा बिहीबार साँझ रहस्यमय अवस्थामा छात्रा मृत भेटिएकी हुन्।
मृतक छात्रा बीटेक सीएसई पहिलो वर्षकी छात्रा प्रिशा साह रहेको त्यहाँ अध्ययनरत विद्यार्थीले बताएका छन्। उनको मृत्युको कारण अझै पत्ता लागेको छैन।
ओडिसा पुलिस कमिसनर एस देव दत्त सिंहले केआईआईटीमा एक नेपाली विद्यार्थी मृत भेटिएको पुष्टि गरेका छन्। उकालोसँग उनले भने, “एक जना विद्यार्थीको मृत्यु भएको खबर हामीलाई प्राप्त भएको छ।”
उनले दूतावासमार्फत ती विद्यार्थीका अभिभावकलाई जानकारी पठाइसकिएको पनि बताए।
पछिल्लो घटनामा छात्राको आफन्तले युवकका बारेमा रिपोर्ट गरेका कारण आरोपीलाई तुरुन्तै पक्राउ गर्न सकेको तर पछिल्लो घटनामा कसैले पनि कारण बताउन नसकेको उनको भनाइ छ।
“अहिले हामीले अभिभावकको प्रतीक्षा गरिरहेका छौँ,” उनले भने, “दूतावासबाट उनीहरू भोलि बिहानसम्म आइपुग्ने सूचना पाएका छौँ।”
बीटेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार प्रिसा वीरगन्जकी हुन्। उनी पहिलो वर्षको बी ३४ सेक्सनमा अध्ययनरत थिइन्।
यसअघि २०८१ फागुन ५ गते केआईआईटीको क्वी सी ४ होस्टेलमै नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएकी थिइन्।
यो पनि :
केआईआईटीको ‘मार्केटिङ’मा निजी क्याम्पस र पढिरहेका विद्यार्थी प्रयोग, ५० हजार कमिसन
प्रकृति लम्साल मृत्यु प्रकरणः अझै सकिएन अनुसन्धान, के भन्छ ओडिसा पुलिस?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
