मनसुन सक्रिय भए पनि काठमाडौँमा पर्याप्त वर्षा नहुँदा गर्मी बढेको छ।
काठमाडौँ– यस वर्ष मनसुन सक्रिय भइसक्दा पनि काठमाडौँ उपत्यकामा पर्याप्त वर्षा नहुँदा गर्मीको महसुस भएको छ। मानिसहरू गर्मीबाट बच्न छाता ओढेर हिँडिरहेका र शीतल ठाउँ खोजिरहेका देखिन्छन्।
केही समययता काठमाडौँ उपत्यकाको मौसममा अनौठो प्रवृत्ति देखिएको छ। केहीबेर पानी पर्ने, लगत्तै घाम लाग्ने र फरक-फरक स्थानमा फरक-फरक मात्रामा वर्षा हुनेजस्ता अनुभव भइरहेका छन्। पानी पर्दा हल्का चिसो भए पनि लगत्तै गर्मी बढ्ने गरेको छ।
रेनकोट लगाएर हिँड्दा केही किलोमिटर पर पानी नै नपरेको अनुभव धेरैले गरेका छन्। ठूलो वर्षा हुँदा सडकमा पानी जम्ने र त्यो सुकेपछि धुलो उडेर हैरानी हुने समस्या पनि यथावत् छ। मौसमविद्हरूका अनुसार यस्तो मौसमी प्रवृत्तिमा आएको फेरबदल जलवायु परिवर्तनका कारणले हो।
यस वर्ष मनसुन उत्कर्षमा पुग्दा पनि देशभर पर्याप्त वर्षा भएको छैन। जल तथा मौसम विज्ञान विभागले केही दिनअघि भारी वर्षाको पूर्वानुमान गरे पनि मधेश प्रदेशमा अझै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
