यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
बागलुङ– बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको छ। असार दोस्रो सातादेखि हालसम्म बागलुङको विभिन्न पालिकामा बाढीपहिरोमा परी १० जना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा ६ महिला र ६ पुरुष गरी १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरी चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ।
यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। पहिरोमा परी २२ जना घाइते भएको उनले जानकारी दिए।
घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एक जना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउँछन्। बाढीपहिरोमा परी २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ। बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताए।
जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पुर्याउन थालेको थियो। बाढीपहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब १५० घरपरिवार प्रभावित भएको आकलन गरिएको छ। वर्षा अझै पूर्ण रूपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोबाट यस वर्ष बडिगाडले क्षति बेहोर्नुपरेको बताए। बाढीपहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरी सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उनको भनाइ छ। पालिकाको स्रोतसाधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उनी बताउँछन्।
बाढीपहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनर्स्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यकपर्ने अध्यक्ष अधिकारीले बताए।
“यस वर्ष हामीहरुले कल्पनानै नगरेको घटना भयो, बाढीपहिरो अप्रत्यसित ठाउँमा गयो, यसले सिंगो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिलाई सजक हुन आग्रह गरेका छौँ, बाढीपहिरोले धेरैलाई घरबारविहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरूले सक्दो मलम लगाउने कोशिश गरेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
