बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ को विन्दुमा कायम भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४७८.४८ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ।
कुल एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ। सानिमा लार्ज क्याप फन्ड ८.४९, आरबीबी म्युचुअल फन्ड दोस्रो ४.०१, सनराइज फस्ट म्युचुअल फन्ड ३.७१ र सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
