यागी चक्रवातका कारण भएको भारी वर्षापछि आएको बाढीले उत्तरी भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारका भूभाग डुबानमा परेका छन्।
दक्षिणपूर्वी एशियाका लाखौँ मानिस चक्रवात यागीका कारण प्रभावित भएका छन्।
चक्रवातपछि भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोका कारण यस क्षेत्रका २०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। बाढीका कारण यस क्षेत्रका घरहरू डुबानमा परेका छन् भने बिजुली लगायतका पूर्वाधार समेतमा क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित भियतनाममा यागीका कारण मृत्यु हुनेको संख्या १९७ पुगेको छ भने उत्तरी थाइल्यान्डमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ।
यागीको साताव्यापी प्रहारले भारी वर्षा भएको र वर्षाका कारण आएको बाढीले उत्तरी भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारका भूभागलाई डुबाएको छ।
संयुक्त राष्ट्रसंघीय बाल निकाय (युनिसेफ)ले चक्रवातले भियतनाममा १४ लाखभन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाएको छ।
युनिसेफले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर, स्वास्थ्य केन्द्र र विद्यालयका लागि पानी उपलब्ध गराएको छ। आगामी दिनमा भियतनामी सरकारलाई चिकित्सा र सरसफाइसम्बन्धी सामग्री पठाउने जनाएको छ।
बाढीका कारण २५ लाख हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको बालीमा क्षति भएको छ। ठूलो संख्यामा गाईबस्तुहरू मरेका भियतनामको कृषि मन्त्रालयले जनाएको छ।
युनेस्कोको विश्व सम्पदास्थल लुआङ प्रबाङमा मेकोङ बिहीबार बाढीको प्रभाव उच्चस्तरमा पुग्ने अपेक्षा गरिएको आयोगले बुलेटिनमा जनाएको छ।
यागीका कारण थाइल्यान्डमा मृतकको संख्या नौ पुगेकोमा चियाङ माई प्रान्तमा मात्रै ६ जनाको मृत्यु भएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ। यसै गरी चियाङ माई विमानस्थलमा सबै उडान स्थगित गरिएको उड्डयन अधिकारीहरूले बताएका छन्।
म्यानमारको सिमानामा रहेको माई साई जिल्लाले ८० वर्षयताकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारी सुट्टीपोङ जुल्जारेर्नले विज्ञप्तिमार्फत जनाएका छन्।
प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले प्रभावित क्षेत्रमा सामान पठाउन आदेश दिएका छन्। राहत कार्यमा सहयोग गर्न डुंगा, हेलिकप्टरलगायतका यातायात पठाउन सेनालाई परिचालन गरिएको छ।
म्यानमाको सरकारी समाचारपत्र ग्लोबल न्यु लाइटले याङ्गुन र माङ्डलेबीचको मुख्य लाइनमा केही भागमा बाढीका कारण रेल सेवा स्थगित गरिएको जनाएको छ।
जुलाईमा प्रकाशित एक अध्ययनले जलवायु परिवर्तनले तटीय क्षेत्रमा आँधीको प्रभाव तीव्र बनाएको र लामो समयसम्म यसको प्रभाव देखिने गरेको उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
