जीवाश्म इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चिनियाँ नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आईईएले जनाएको छ।
चीनको आर्थिक मन्दीका कारण सन् २०२० पछि २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी इन्धनको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)ले बिहीबार जनाएको छ।
सन् २०२३ को पहिलो ६ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेको थियो। सन् २०२४ को सोही अवधिमा यो माग प्रतिदिन आठ लाख ब्यारेलमा झरेको आईईएले आफ्नो मासिक तेल बजारको प्रतिवेदनमा जनाएको छ।
मुख्यगरी मन्दीका कारण सुस्ताएको चिनियाँ अर्थतन्त्रमा जुलाईमा लगातार चौथो महिनाका लागि उपभोगदरमा संकुचन आएको आईईएले जनाएको छ। चीन विश्वको शीर्ष उपभोक्ता रहेको र तेलको मुख्य आयातकर्तामध्ये एक हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन अहिले कमजोर उपभोक्ता खर्च, घरजग्गा कारोबारमा आएको संकट र उच्च बेरोजगारीको सामना गरिरहेको छ।
जीवाश्म इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चीनको नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आईईएले जनाएको छ। विद्युतीय साधनको बढ्दो प्रयोगले चीनमा सवारीका लागि खर्च हुने इन्धनको माग घट्दै गएको छ। उच्च गतिको रेल प्रविधिमा भएको विकासले पनि चीनको घरेलु हवाई यात्रालाई सीमित गरिरहेको आईईएले जनाएको छ।
विश्वव्यापी तेलको माग औसतमा नौ लाख ब्यारेल प्रतिदिनले बढ्ने पूर्वानुमान गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा करिब ७० हजार ब्यारेल प्रतिदिनले कम हो। यसले कुल माग लगभग १० करोड ३० लाखमा झार्छ।
‘ग्लोबल इकोनोमिक आउटलुक’ले यस वर्ष तेलको मूल्य घट्ने निष्कर्ष निकालेको छ। यस हप्ता अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रेन्ट नर्थ सीबाट प्रशोधन हुने इन्धन डिसेम्बर २०२१ पछि पहिलो पटक प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
