प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ– प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। कास्की प्रहरीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो।
साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागुऔषधसहित पक्राउ परेका थिए। रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई हाल पोखरा–४ नालामुख बस्दै आएका थापामगरका साथबाट प्रहरीले ट्रुपाइन ९७ चक्की बरामद गरेको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा थापामगरले लागुऔषध पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दिया फार्मेसीबाट किनेको बयान दिएका थिए।
श्रेष्ठ दिया फार्मेसीका सञ्चालक हुन्। कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले लागुऔषधसहित पक्राउ परेका व्यक्तिले दिया फार्मेसीको नाम लिएपछि जिल्ला अदालतबाट अनुमति लिई सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका श्रेष्ठलाई आर्थिक लेनदेनको विवादपछि पार्टीले सांसद र पार्टीको सदस्यबाट निष्कासित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
