धौलागिरि अस्पतालले अक्सिजन निर्यात गर्न थालेकाे छ। तीन करोड रुपैयाँ लागतमा बनाइएकाे प्लान्टबाट अक्सिजन उत्पादन गरेर अन्य जिल्लामा पठाउन थालेकाे हाे।
बागलुङ– धौलागिरि अस्पतालले अक्सिजन निर्यात गर्न थालेकाे छ। अस्पतालले तीन करोड रुपैयाँ लागतमा बनाइएकाे प्लान्टबाट अक्सिजन उत्पादन गरेर अन्य जिल्लामा पठाउन थालेकाे हाे।
कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना गर्ने योजना शुरू गरेकाे थियो। दुई प्लान्टले दुई महिनायता उत्पादन दिन थालेकाे हाे। साविक धौलागिरि अञ्चलका जिल्लामा समेत अक्सिजन निर्यात गर्न थालिएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए।
२५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी सरकारको सहयाेगमा बनाइएकाे हाे। लगत्तै कोरोना सङ्क्रमण बढेर अस्पताल बिरामीले भरिन थालेपछि अक्सिजन प्लान्ट थपिएकाे थियाे। अक्सिजन निर्यातबाट जम्मा भएकाे रकमबाट प्लान्ट सञ्चालन खर्चसमेत जोहो हुन थालेकाे छ।
सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उनले सुनाए। आफुहरूको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयसमेत बचत हुने बताए।
अक्सिजन सिलिन्डरसमेत प्रर्याप्त सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक वाग्लेले जानकारी दिए। धौलागिरी अस्पताललाई २०० शय्याको बनाउँदा अक्सिजन यहीँ खपत हुनसक्ने उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
