दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।
काठमाडौँ– गलकोट नगरपालिका–२ भुंखानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप दुर्घटना भएको हो। उक्त गाडी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको भन्ने जानकारी प्राप्त भएको उनले बताए।
दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका हुन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
