शुक्रबार बिहान भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।
काठमाडौँ– बागलुङस्थित मध्यपहाडी लोकमार्गमा सरकारी गाडी दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको मृत्यु भएको छ।
शुक्रबार भएको दुर्घटनामा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।
गाउँपालिकाको रा१झ२०० नम्बरको गाडी बिहान ९ बजेतिर बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका उक्त गाडीमा उपाध्यक्ष बुढा र केही कर्मचारी सवार थिए। कोको थिए भन्ने नखुलेको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार उक्त गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै थियो। दुर्घटनास्थलबाट एक जनालाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
