सरकारले पलेशालाई ६५ लाख, प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ प्रदान गरेको छ।
काठमाडौँ– सरकारले पेरिस पारालिम्पिकमा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र व्यवस्थापकलाई पूर्वघोषित पुरस्कार प्रदान गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रदानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख, प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ प्रदान गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो–छिटो पुरस्कार दिने नीति लिइएको बताए। पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको उनको भनाइ थियो।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायत सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
