म्यानमारको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। आँधीले निम्त्याएको विपत्का कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ।
यागी नाम दिइएको चक्रवातको प्रभाव म्यानमारका कैयौँ क्षेत्रमा वृद्धि भएको छ। उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारका क्षेत्रमा बाढी र पहिरोले विपत्ति निम्त्याएको छ।
यागीका कारण प्रभावित देशमा मृत्यु हुनेको संख्या २८० पुगेको छ। जसमध्ये भियतनाममा मात्र २३३ तथा म्यानमारमा ३६ जना रहेका छन्। यद्यपि, धेरै मानिस बेपत्ता भएका कारण मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
म्यानमारको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। आँधीले निम्त्याएको विपत्का कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ।
म्यानमारको राजधानी वरपरको क्षेत्रमा पहिरोले बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढी गएको देखाइएको छ ।
भियतनाममा मौसममा सुधार आएसँगै राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दा सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ।
यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यानमार सीमामासमेत सबैभन्दा खराब बाढी आएको थियो। यसैबीच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानमा बाढीको चेतावनी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
