गौशाला–१ इँटाटारमा अर्बौंको लगानीमा स्थापना भएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक छ। अहिलेसम्म विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए।
महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्ब रुपैयाँको लगानीमा स्थापति नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले विद्युत्को अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन।
आइएमई ग्रुपको नेतृत्व र एभरेस्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा दुई अर्ब रुपैयाँ को लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ। अहिलेसम्म विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए।
विसं २०७८ देखि निर्माण थालिएको पेपर मिलले गत जेठ १ गतेदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य लिएको थियो। त्यसका लागि मिलमा करोडौँ मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ। विद्युत् नहुँदा अहिलेसम्म उत्पादन शुरू हुन नसकेको निर्देशक भण्डारीले बताए।
वैशाखको अन्तिममै मिलसम्म विद्युत् पुर्याइसक्ने गरी विद्युत् प्राधिकरणसँग ७५ प्रतिशत मिलको लगानी र २५ प्रतिशत विद्युत् प्राधिकरणको लगानीमा सम्झौता भएर मिलले विद्युत् जडानका लागि एक करोड ४१ लाख ५९ हजार २७० रुपैयाँ विद्युत्का ठेकेदार कम्पनी प्रिन्स कन्स्ट्रक्सनलाई बुझाइसकेको भए पनि आजसम्म मिलमा विद्युत् जडान हुन नसकेको उनले बताए।
पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व–पश्चिम राजमार्गस्थित विद्युत् स्टेसनबाट लाइन ल्याउनुपर्नेमा ६ किलोमिटरसम्म लाइन आइसकेको तर बाँकीको ६ किलोमिटरसम्म ल्याउनमा स्थानीयले अवरोध खडा गरेपछि पेपर मिलसम्म लाइन आउन नसकेको मिलका व्यवस्थापन निर्देशक गोविन्द सर्राफले बताए।
उनले यस मिलमा स्टेसनदेखि लाइन ल्याउँदा गौशाला रोड, सशस्त्र क्याम्प, सुर्ती विकास चोक हुँदै इँटाटारसम्म आउनुपर्ने हो। गौशाला–१ मै रहेको रामनगर गाउँका बासिन्दाले मापदण्डबमोजिम विद्युत्का खम्बा गाड्न नदिएका कारण लाइन अहिलेसम्म आउन नसकेको उनले बताए।
रामनगरका स्थानीय बासिन्दाले ३३ हजार केभिएको लाइन आफ्नो गाउँबस्तीबाट लगिएमा बस्ती जोखिमका पर्ने, कति घरपरिवारको घरभित्रैसम्म खम्बा गाड्नुपर्दा उठिबास हुने, आगलागी र करेन्ट लागेर मृत्युजस्ता दुर्घटना बढ्ने, विद्युत्को विकीरणले गर्भवतीलाई असर गर्ने र अपांग बालबालिका जन्मिनेजस्ता कारण सिर्जना गर्ने भन्दै बस्तीबाट लाइन जान नदिएपछि पेपर मिल सञ्चालनमा आउन सकेको छैन।
स्थानीय बासिन्दाले गठन गरेको संघर्ष समितिका अध्यक्ष नरेश महतोको नेतृत्वमा पटक–पटक स्थानीयले आन्दोलन, चक्काजामजस्ता कार्यक्रम गरेर पेपर मिलसम्म लाइन जानमा रोक लगाउँदै आएका छन्। यता अर्बौंको लगानी लगाएर पनि पेपर उत्पादन शुरू गर्न नसकेको पेपर मिलले सहमति र सहकार्यका लागि नगरपालिका, विद्युत् प्राधिकरण र स्थानीय बासिन्दासित विभिन्न प्रयास गरे पनि ठोस निर्णयमा पुग्न नसक्दा दिनदिनै लाखौँको क्षति भइरहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
