यो साता उकालोमा एउटा चिठी पुर्याउन २४ सय खर्च, मेडिसिटीमा अनुमति ३०० बेडको, सञ्चालन ७५०, अब कसरी टुंगिन्छन् द्वन्द्वकालीन मुद्दा? लेखाजोखामा सार्वजनिक लेखा समितिलगायतका खबर चर्चामा रहे।
एउटा विषय वर्षौंदेखि निरन्तर बहसको केन्द्रमा रहिआएको छ। त्यो विषय हो– नेपाल वायुसेवा निगमको सुधार। सुस्त प्रशासन, विमान खरिद, जहाज मर्मतसम्भार, व्यवस्थापनको किचलो, नियुक्ति, राजनीतिक हस्तक्षेपजस्ता अनेक कारणले समाचार बनिरहने निगम फेरि चर्चामा छ, कारण– सुधार।
सन् १९५८ मा स्थापना भएको नेपालको तत्कालीन शाही नेपाल वायुसेवा निगमले सन् १९६० देखि अन्तर्राष्ट्रिय उडान शुरू गरेको थियो। अहिले नेपाल वायुसेवा निगमसँग दुई वटा १५८ सिटे न्यारोबडी जहाज छन् भने दुई वटा वाइडबडी छन्। नेपालसँगै उडान शुरू गरेको थियो थाइल्यान्डको थाई एयरवेजले। अहिले थाई एयरवेजसँग न्यारोबडी र वाइडबडी गरी ७७ वटा जहाज छन् भने अरू ८१ वटा जहाज खरिदका लागि उसले अर्डर गरेको छ।
एशियाका विकसित देशको तुलना मात्र होइन विकास, अशिक्षा, गरिबी र युद्धले थिलथिलो परेका अफ्रिकी देशका ध्वजावाहक विमानले पनि निकै प्रगति गरेका छन्। त्यसमध्ये सन् १९४६ मा स्थापना भएको इथियोपियन एअरलाइन्सले सन् १९५१ देखि अन्तर्राष्ट्रिय उडान शुरू गरेको थियो। विगत ६ वर्षदेखि अफ्रिकाको ‘वेस्ट’ एअरलाइन्सको दर्जा पाएको इथियोपियन एअरलाइन्ससँग १७ वटा कार्गो र ३२ वटा आन्तरिक उडान गर्ने सहित १५४ वटा विमान छन्। उसले ७२ वटा नयाँ विमान अर्डर गरेको छ।
नेपाल वायुसेवा निगमको सुधार सुझावका लागि सरकारले विभिन्न समयमा कार्यदल बनाएर सुझाव पनि लिएको छ। तर अहिलेसम्म सुझाव कार्यान्वयनका लागि सरकारले कुनै कदम चालेको छैन। २०५८ सालयता विभिन्न समयमा गठन भएका समिति तथा कार्यदलले निगमलाई कम्पनीमा परिणत गर्ने, विदेशी साझेदारी ल्याएर सञ्चालन गर्नेदेखि लिएर निजीकरण गर्नेसम्मका सुझाव दिएका छन्। तर ती सुझाव अहिलेसम्म कार्यान्वयन भएका छैनन्।
विस्तृतमा पढ्नुहोस्, नेपाल एअरलाइन्स सुधारका नाममा कार्यान्वयन नहुने समितिका प्रतिवेदनबारे रिपोर्ट
केही समयअघि घरेलु बालश्रमिक राखेको भन्दै काठमाडौँ महानगरले एमाले सांसद रेखा शर्माविरुद्ध प्रहरीमा उजुरी दियो। उनै शर्मालाई सघाउने कानून व्यवसायी सरकारको महान्यायाधिवक्ता बनेपछि मेयर बालेन शाह प्रधानमन्त्रीमाथि खनिए।
यही सन्दर्भको सेरोफेरोमा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन शाह समर्थकबीच चलिरहेको 'भर्चुअल वार' अझै साम्य भएको छैन। मेयर शाह अझै सामाजिक सञ्जालमा प्रमलक्षित टिप्पणी गर्दै छन्, ओली समर्थकले उनको आलोचना गर्दै छन्, शाह समर्थकले बचाउ। आखिर ओली-बालेन समर्थक बिच खिचातानी चर्काइरहेको घटना के हो? बुझ्नलाई पढ्नुहोस्, एक्स्प्लेनर।
सम्बन्धित: उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला किन विवादित बन्दैछ?
प्रचलित मापदण्डमा थप २० मिटर छाड्नुपरे कतिपयको आजीवनको कमाइ खोसिने उपत्यका मेयर्स फोरमको निष्कर्ष छ। सबै पालिकाहरू फैसलाको पुनर्वलोकन हुनुपर्ने कित्तामा उभिँदा मेयर बालेन भने कार्यान्वयनको पक्षमा छन्।
उकालो सेन्ट्रल
नियमविपरीत ठडिएको मेडिसिटी अस्पतालको संरचनाः अनुमति ३०० बेडको, सञ्चालन ७५०
आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।
मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर
कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।
राजनीति–समाज
कानून बन्यो, अब कसरी टुंगिन्छन् १८ वर्षदेखि अल्झिएका द्वन्द्वकालीन मुद्दा?
संघीय संसद्बाट सर्वसम्मतिमा संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गरेका दलहरूले शान्तिप्रक्रिया टुंगोमा पुग्न लागेको बताइरहँदा द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै विश्वस्त भइरहेका छैनन्।
यौनहिंसा आरोपित प्रधान निर्वाचन आयुक्त बन्न सकेनन्, उस्तै कसुरका श्रेष्ठ राजदूत बन्दै
तत्कालीन आयुक्त श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगकी एक पूर्वअधिकृतलाई यौनहिंसा गरेको आरोप थियो। पछि उनलाई श्रीमतीको कानूनी मान्यता दिने लगायतका शर्तमा श्रेष्ठले सहिछाप गरेको कागज आयोगको रेकर्डमा छ।
लेखाजोखामा सार्वजनिक लेखा समिति
लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीले लिने अडान संसदीय भूमिकापिच्छे बदलिँदै आएकाले तीनै पार्टीले यसमा नैतिक धरातल गुमाएका छन्।
खुम्चिएको हुलाकको हाल: एउटा चिठी पुर्याउन २४ सय खर्च!
कुनै बेला जगजगी रहेको हुलाक सेवा डिजिटल माध्यम फस्टाएसँगै खुम्चिँदै गयो। अहिले एउटा चिठी पुर्याउनमै सरकारी कोषबाट २ हजार ४३७ रुपैयाँ खर्च भइरहेको छ। जबकि हुलाकले जम्मा ४० रुपैयाँमा चिठी दर्ता गर्छ।
‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!
सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।
अर्थ–बजार
‘अटो शो’मा ११ प्रतिशतसम्म छुट अफरः अरू बेला बढी मूल्य असुलिएको हो?
यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।
कला–संस्कृति
प्रहरी कार्यालयमै कसरी क्षतिग्रस्त बनेर छाउनी संग्रहालय पुग्छन् मूर्ति?
विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।
‘माउन्टेन क्विन’ : यातनादेखि शिखरसम्म
जर्जसँगको सम्बन्धबाट लाक्पाले नाफाघाटा दुवै व्यहोर्नुपर्यो। यो सम्बन्धले एकातिर हिमाल चढ्ने उनको सपनालाई साकार पारिदियो, अर्कातिर आफ्नो अगाडि पीडाको हिमाल खडा गरिदियो।
अन्तर्राष्ट्रिय
श्रीलंकामा राष्ट्रपति निर्वाचनः आर्थिक संकटपछि ‘माओवादी’ नेता दिसानायकेको लोकप्रियता
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ।
विचार–टिप्पणी
‘नट स्ट्रेन्जर्स इन द कन्ट्री’
आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ।
ट्रम्प–ह्यारिस बहस: नीति प्रस्तुतिभन्दा पनि व्यक्तिगत आक्षेप
बाइडेन-ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ट्रम्पलाई ह्यारिसले पराजित गर्नेछिन्।
राजदूत सिफारिस प्रकरण: ‘खाएला नइखे भोरे स्नान!’
अख्तियारले डामेका, किर्ते कागजी अभियुक्तदेखि संवैधानिक प्रावधानमा पाउनै नसक्नेले नियुक्ति लिई हठी बनिरहेका। नैतिक–चारित्रिक कुरा त के सोध्ने? चरित्रहीन चेलाहरूको जमात उभिएको छ कूटनीतिको ‘घोडादौड’मा।
स्वघोषित सच्चरित्रवान धनराज
सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा छ। डेरा र मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्याउँदैन। पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण छ।
द कुरौटे फाइल्स: कमरेड उथलपुथललाई नोबेल शान्ति पुरस्कार
झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
