देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायु तथा बंगालको खाडी उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

देशभर मनसुनी वायु तथा बंगालको खाडी उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसका कारण कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षासमेत हुनेछ। 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशीका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।