आफ्नाे टोली विश्वकपबाट बाहिरएसँगै मेक्सिकाे, बेल्जियम र दक्षिण कोरियाका मुख्य प्रशिक्षकले राजीनामा दिएका छन्। याेसँगै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले के गर्छन् भन्ने चर्चा हुन थालेकाे छ।
काठमाडाैँ– मेक्सिको फुटबल टोलीका मुख्य प्रशिक्षक टाटा मार्टिनो, बेल्जियमका रोबर्टो मार्टिनेज र दक्षिण कोरियाका पाउलो बेन्टोले जारी विश्वकपमा आफूले सम्हालेको टोली बाहिरएसँगै राजीनामा दिएका छन्।
याेसँगै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले के गर्छन् भन्ने चर्चा हुन थालेकाे छ। उनकाे टाेलीले मंगलबार राति मोरक्कोविरुद्ध निराशाजनक हार बेहोरेको थियाे। स्पेन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा एनरिकेको सम्झौता यही डीसेम्बरमा समाप्त हुँदैछ। यद्यपि, उनले स्पेनिस एफएसँग अझै सम्झौता नवीकरण गरेका छैनन्। एनरिके स्पेनिस एफए अध्यक्ष लुइस रुबियालेसको विश्वास र भरोसाको पात्र मानिन्छन्।
मोरक्कोसँगको हारपछि एनरिकेले पत्रकार सम्मेलनमा आफ्नो भविष्यबारे कुरा गरेका थिए। उनले स्पेन फुटबल टोलीसँगको आफ्नो यात्रा सुखद् हुन नसकेको स्वीकार गरेका छन्। “यो मेरो भविष्यको बारेमा कुरा गर्ने समय होइन”, उनले भने, “तर, स्पेनसँगको यात्रा अहिले त्यति रोचक छैन।”
पत्रकारहरूसँग कुरा गर्दै आफू र आफ्नो टोलीका लागि उत्तम निर्णय गर्नुपर्ने समय आएको समेत बताए। “स्पेनिस एफएसँग काम गर्न म पाउँदा खुसी महसुस गर्छु। तर, मैले मेराे र टोलीका लागि उत्तम निर्णय लिनुपर्छ”, उनले भने। कतारको एजुकेशन सिटीमा मंगलबार राति सम्पन्न खेलमा सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै मोरक्को पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिएको हो। पेनाल्टी सुटआउटमा मोरक्कोका अब्देलहमिद साबिरी, हाकिम जिएच र आच्रफ हाकिमीले गोल गरे। मोरक्कोका बद्र बेनउल भने गोल गर्न चुकेका थिए।
स्पेनका पाब्लो साराबिया, कार्लोस सोलर र सर्जियो बुस्केट्सले गोल गर्न सकेनन्। स्पेनी टोली सन् २०१० मा च्याम्पियन बनेको थियो। त्यसयता स्पेन प्रि-क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।
ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन रसिया विश्वकपमा प्रि-क्वार्टरफाइनलबाट घर फर्किएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
