देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।
बागलुङ– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कृष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्।
तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो। आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन्। आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौँ बसाइ सकेर रुकुम पूर्वतर्फ फर्किँदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो।
उनीहरूसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो।
“गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्किँदै गर्दा दुर्घटना भएको हो,” सूचना अधिकारी पौडेलले भने, “उहाँ शी लिड्स आइकनको उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि सामाजिक सञ्चालनमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नुभएको रहेछ।”
देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए। तर, उक्त सूचीबाट एक जनाको संख्या शुक्रबारबाट घटेको छ।
सो दुर्घटनामा जिप चालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। शुक्रबार रा१ज २०० नंको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।
उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन्। उनले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौँसमेत घुमाएकी थिइन्। सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाएकी थिइन्।
आमाको हेरचाह आफै गर्दै आएकी थिइन्। आमालाई उपचार गरी शहर घुमाएर घर फर्किएकी उपाध्यक्षको जिप दुर्घटनामा आमासँगै र वडाध्यक्षको समेत मृत्यु भएपछि सिंगो गाउँपालिका शोकमा डुबेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
