म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ।
म्यानमाको जुन्टा प्रमुख मिन आङ ह्लाइङले विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध गरेका छन्।
दुई लाख ३५ हजारभन्दा बढी मानिस बाढीको प्रभावबाट बच्न आफ्नो घर छाड्न बाध्य भएपछि उनले दाताहरूलाई गुहारेका हुन्।
म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ।
“सरकारी अधिकारीले पीडितलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ,” मिन आङ ह्लाइङले शुक्रबार भने, “उद्धार, राहत र पुनः स्थापनाका कार्य सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ।”
एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
सेनाद्वारा निर्मित राजधानी नेपिडो वरपरको बाढी प्रभावित क्षेत्रमा शनिबार सैन्य ट्रकमार्फत साना उद्धार डुंगा पुर्याउने क्रम शुरू भएको एएफपीले जनाएको छ।
राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घर ध्वस्त भएको समाचारमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
