नवलपुरको पहाडी क्षेत्रमा यातायात सञ्चालन हुने मुख्य सडकको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षा र पहिरो नरोकिएका सडक तत्काल सुचारु हुने अवस्था नरहेको प्रहरीले जनाएको छ।
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन।
जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।
दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदप्रसाद पौडेलले बताए।
गत बिहीबारदेखि सदरमुकामसँग नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ। जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट क्षेत्रमा कुनै सवारी सञ्चालन हुनसकेका छैनन्।
पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको डीएसपी पौडेलको भनाइ छ। “पहिरो पन्छाउन निरन्तर प्रयास भइरहे पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिएका कारण सकिएको छैन,” उनले भने।
दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पांग्रे र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उनले बताए। पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेका छैनन् । पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको बौदीकाली–५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताए।
पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ। पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ।
बर्सेनि वर्षायाममा बाटो पहिरोले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन्। सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैँ उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
