बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
ढोरपाटन– बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनर्निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घरधनी विकसहित अन्य १२ जना मजदुर घाइते भएका थिए। विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
उनका अनुसार घाइते हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ का शंकर पन्थी, काठमाडौँ महानगरपालिका–१० का सुगान्त पौडेल, बागलुङको ढोरपाटन–४ का खडकप्रसाद विक, सोही ठाउँका ईन्द्र रसाइली, कोपिला छन्त्याल, शुभ बुढामगर छन्।
त्यस्तै, ढोरपाटन –१ का देवीसरा विक, थम कुमारी विक, तमानखोला गाउँपालिका–१ का खममाया घर्ती, टेकबहादुर विक र टेकमाया रसाइली घाइते भएका छन्।
घरले पुरिएका सबैको उद्धार गरी उपचारका लागि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
