योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले भीम बिसीसँगको सहकार्यमा ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक गरेका छन्।

काठमाडौँ– सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ।

कोरोनाकालमा संगीतकार भीम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन्। 

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको 'साहिँला दाइ' गीतको भिडियो निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन्। 

गीतमा शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण स्वर रहेको छ। गीतको भिडियोमा क्रिस बम र निरुता विष्टको अभिनय छ। 

प्रकाश खडकाले खिचेकाे भिडियाे सम्पादन मीन रावलले गरेका हुन्। विश्व अधिकारीको एरेन्ज्, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हाे।

भिडियो :