कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने विभागले जनाएको छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने विभागले जनाएको छ।
यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
