चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।

काठमाडौँ– चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथलाई १–० ले हराएको छ। पहेँलो कार्डको कीर्तिमान बनेको खेलमा क्रिस्टोफर एककुन्कुले खेलको ८५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। 

यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।

यसअघि गत सिजनमा टोटहाम र सेफिल्ड युनाइटेटबीचको खेलमा १३ पहेँलो कार्ड देखाइएको थियो। सन् २०१६ मा चेल्सी र टोटनहाम तथा सन् २०१० मा वुल्भ्स र न्युक्यासलबीच भएको खेलमा १२ पहेँलो कार्ड देखाइएको थियो। 

शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो। नटिङघम फरेस्टले लिभरपुललाई १–०, एस्टन भिल्लाले एभर्टनलाई ३–२ तथा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–० ले पराजित गरे।