ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो।

काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो। ल्होनाक कञ्चनजंघा हिमालको आधार शिविर हो।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो।