तेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खस्यो

भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ।

फाइल तस्वीर।

चितवन– खानेतेल बोकेर सिमराबाट काठमाडौँ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ। ना६ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो।

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए।