१ लाख ५६ हजार ८०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन एक लाख ५६ हजार ८०० निर्धारण भएको छ।

काठमाडौँ– नेपाली बजारमा पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। 

लगातार उकालो लागिरहेको सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन १ लाख ५६ हजार ८०० निर्धारण भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ८६० मा कारोबार भएको चाँदीको मूल्य १ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।