हाइटीमा ट्यांकर विस्फोट: २४ जनाको मृत्यु

उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि १६ जनाको मृत्यु भएको जनाइएको थियो। 

विस्फोटका घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिँदै।

दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। 

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन्। केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले बताए।  

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो। 

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ।