जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको शौचालयबाट फरार भएका हुन्।
सुरुंगा– झापामा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।
भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान २४ वर्षीय जीवन साह फरार भएका हुन्। त्यहाँ उपचाररत साह बिहान ३ः४० बजे सोही अस्पतालको शौचालयबाट फरार भएको प्रहरीको भनाइ छ।
छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमान्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काएर फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
