दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगर्दासम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने आइतबार बताएका हुन्। जनताको भोट नै आफ्नो ‘इमानदारी’को प्रमाणपत्र हुने उनको भनाइ थियो।
आपको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरीवालले भने, “म दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु।” उनले आफू अब दिल्लीवासीका हरेक घर तथा गल्लीमा जान लागेको उल्लेख गर्दै तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताए।
“निर्वाचन केही महिनापछि हुन्छ। यदि तपाईंलाई केजरीवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस् र लाग्दैन भने नदिनुहोस्। म चुनावबाट अनुमोदित भएपछि मात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु। तपाईंको मत मेरो इमानदारीको प्रमाण हुनेछ,” उनले भने।
मुख्यमन्त्री केजरीवाल दुई दिनपहिले जेलबाट जमानतमा रिहा भएका हुन्। “आगामी फेब्रअरीमा निर्वाचन हुने बताइएको छ। म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु,” उनले भने।
उनका अनुसार निर्वाचन नहुञ्जेलसम्मका लागि पार्टीबाट अर्को कोही मुख्यमन्त्री बन्ने छ। यसका लागि आगामी दुईतीन दिनमा विधायकको बैठक बस्नेछ। “बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्नेछ,” उनले भने।
केजरीवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाए।
उनले राजीनामाबारे आफूमाथि उठाइएको प्रश्नबारे भने, “केजरीवालले जेलबाट किन राजीनामा नदिएको भनेर प्रश्न उठेको छ। मैले लोकतन्त्र बचाउन चाहन्थेँ त्यसैले राजीनामा नदिएको हुँ।”
केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गरेका थिए। र आइतबार पार्टी कार्यालयमा उपस्थित भएका हुन्।
सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उनलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उनी तिहाड जेलबाट रिहा भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
