नेप्से परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको छ।
लगातार ६ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अंकले बढेको थियो। तर बजार सम्हालिन नसक्दा आइतबार पुनः घटेको हो।
विभिन्न ३२४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री भयो। यस क्रममा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो।
यस दिनको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ। वित्त समूह ३.५३ र होटल तथा पर्यटन समूह ३.६८ प्रतिशतले घटेको छ।
त्यस्तै, बैंकिङ ०.९३, विकास बैंक २.५१, जलविद्युत् १.४८, लगानी २.८० र जीवन बीमा समूह २.७४ प्रतिशतले घटेको छ।
उत्पादन तथा प्रशोधन समूह १.७९, लघुवित्त १.८८, म्युचुअल फन्ड १.६१, निर्जीवन बीमा २.१६, व्यापार ०.९० र अन्य समूह २.२३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस दिन २१९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ। जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर खरिदबिक्री भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार ५७८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
