प्रतिनिधिसभाको आइतबारका लागि तोकिएको बैठक बस्दै नबसी सोमबार १ बजेसम्मका लागि स्थगन भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको आइतबारका लागि तोकिएको बैठक स्थगन भएको छ।
आइतबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक सोमबार अपराह्न १ बजे बस्ने गरी तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।
यसअघि तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि सचिवालयले आइतबार नै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो। यसबीचमा दलबीच सहमति जुट्न नसकेपछि बैठक सोमबारका लागि तोकिएको हो।
प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रूपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो।
माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ।
आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
