मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुका साथै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद् अवरोध जारी राखेका बेला आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई सत्तारुढ नेकपा एमालेका सांसदले ‘हिंसा’का रूपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको भन्दै माओवादीले संसद् बैठक अवरुद्ध पारेको छ। माओवादीले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राख्दै आएको थियो।
सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। “संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छौँ।”
साथै, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय पनि गरेको छ। “निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडा अध्यक्षसम्मको पद खाली भएको छ, त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
