नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
काठमाडौँ– नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
मलेसियाको सबाहमा आयोजना भएको एशिया ट्रायल मास्टर च्याम्पियनसिपअन्तर्गत महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन्।
सोही स्पर्धामा नेपालकी रसिला तामाङले कांस्य जितिन्। रसिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिइन्।
यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौँ, पदमकुमारी सुनुवार आटौँ र आङ फुर्वा शेर्पा २२ औँ स्थानमा रहे। प्रतिस्पर्धामा ३५ खेलाडी सहभागी थिए।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १०औँ, लोकेन्द्र राईले १४औँ, फुर्पासिंह तामाङले २२औँ र मिलन राईले २७औँ स्थानमा दौड टुंगाए।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे। नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
