निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँका दरले घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले घटाएको छ। त्यस्तै, निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको छ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६०.५० रुपैयाँ रहेकामा १५६.५० कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर १६२ रहेकामा १५८ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रहेकामा १५९ रुपैयाँ कायम गरिएको छ।
साथै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५१.५० रहेकामा १४६.५० कायम गरिएको छ। साथै, दोस्रो वर्गका लागि १५३ रहेकामा १४८ र तेस्रो वर्गका लागि १५४ रहेकामा १४९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दिपायललाई राखिएको छ।
आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार नेपालमा इन्धनको मूल्य तोक्ने गरेको छ। आइतबार प्राप्त मूल्य सूचीमा घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य घटबढबारे उल्लेख छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
