खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।
काठमाडाैँ– स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले निरन्तर पाचौँ खेलमा जित हात पारेको छ। आइतबार भएको खेलमा लामिन यमलको दुई गोलसँगै बार्सिलोनाले जिरोनालाई ४-१ ले पराजित गरेको हो।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि यमलले २ तथा डानी ओल्मो र पेड्रीले १/१ गोल गरे। जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको गोल सान्त्वना रह्यो।
खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए। खेलको ४७औँ मिनेटमा ओल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे।
खेलको ६४औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४-० मा पुर्याए। खेल सकिन १० मिनेट बाँकी रहँदा स्टुआनीले घरेलु टोलीका लागि एक गोल गरे। ८६औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका फेरान टोरेसले रातो कार्ड पाएर मैदान छाडे।
जितसँगै बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानको अट्लेटिको मेड्रिडको भन्दा ४ अंकले अघि रहेको छ। पराजित जिरोना समान खेलबाट ७ अंक जोड्दै सातौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
