घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हत्याको प्रयास भएको छ।
फ्लोरिडाको ‘वेस्ट पाम बिच’मा रहेको गल्फ कोर्समा गल्फ खेलिरहेका बेला स्थानीय समयअनुसार आइतबार दिउँसो डेढ बजेतिर उनीमाथि आक्रमणको प्रयास भएको हो। संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै घटनालाई ट्रम्पको हत्याको प्रयास भनेको छ। यसैबीच पूर्व राष्ट्रपति ट्रम्प आफैँले घटनापछि आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन्।
गोप्य सेवा एजेन्टहरूले ट्रम्प खेलिरहेको ठाउँबाट केही सय गज टाढा गल्फ कोर्सको प्रोपर्टी लाइन नजिकैको झाडीमा बन्दुकधारीलाई देखेका थिए। ट्रम्पको सुरक्षामा खटिएका उनीहरूले तुरुन्तै सन्दिग्धमाथि गोली चलाएको कानून प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। त्यसपछि ती बन्धुकधारी बन्दुक त्यतै छाडेर कारमा भागेका थिए। प्रत्यक्षदर्शीले खिचेको तस्वीरका आधारमा उनलाई छिमेकी जिल्ला मार्टिन काउन्टीबाट पक्राउ गरिएको समाचारमा उल्लेख छ।
सीएनएनका अनुसार उनको नाम रायन वेस्ली रोथ र उमेर ५८ वर्ष भएको बताइएको छ। उनी युक्रेनको बलियो समर्थक भएको पनि समाचारमा उल्लेख छ।
घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।
यसअघि जुलाई १४ मा पनि चुनावी र्यालीका क्रममा पेन्सिलभेनियामा ट्रम्पमाथि आक्रमण भएको थियो। त्यतिबेला ट्रम्प आक्रमणबाट थोरैले मात्र बचेका थिए, गोली उनको कानमै छोएर गएको थियो।
उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए। आक्रमणकारी २० वर्षीय थोमस म्याथ्यु क्रुक्सको रूपमा पहिचान गरिएको थियो, जसलाई आक्रमणको लगत्तै गोप्य सेवा स्नाइपरहरूले मारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
