सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ।

काठमाडाैँ– विगत तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ५०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।