इन्द्रजात्राको अवसरमा कुमारीहरूको सामूहिक पूजा

काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

काठमाडाैँ– काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो।

नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा शुरू भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो। 

कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ। 


 

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी