जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
झापा– जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार राति प्रहरीलाई छक्क्याएर अस्पतालबाट फरार भएका थिए। साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो।
छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो। उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। उनी सोही अस्पतालबाट प्रहरीलाई छक्क्याएर फरार भएका थिए।
साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई खटिएका थिए। उनीहरूलाई साहकी श्रीमतीले मादक पदार्थ सेवन गराएको र प्रहरीलाई छक्क्याएर साह श्रीमतीसहित स्कुटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ।
उनी फरार भएसँगै सहायक प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख सदस्य रहने गरी समिति गठन भएको प्रहरी उपरीक्षक मिलन केसीले बताए।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एक जना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए। फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना हुन थालेको बताइएको छ।
फरार भएका साह भद्रपुर–३ स्थित झोलुंगे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको बताइएको छ। उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ। भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत उनी अस्पतालको दोस्रो तलको दुई नम्बर क्याबिनमा बसेका थिए। उनी शौचालय जाने बहाना बनाएर अस्पतालबाट फरार भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
