नेप्सेमा दोहोरो अंकको गिरावट

बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँबराबरको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक १६.६१ अकंले घटेर १ हजार ९१७.२८ अंकमा पुगेको हो। 

नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ३७ कम्पनीको सेयरमूल्य बढ्दा १५९ कम्पनीको घट्यो। ८ कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ। कारोबार भएका होटेलबाहेक बाँकी उपसमूह घटेका छन्। 

बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँबराबरको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। खप्तड लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशतले बढेको छ। कारोबारका आधारमा बुधबार सानिमा बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, हिमालय डिष्ट्रिलरी, रिद्धि पावर अगाडि रहे।