क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको छ।
किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो। नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए।
खराब ब्याटिङका कारण नेपाल ओडीआईमा पहिलो पटक क्यानडासँग पराजित भयो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । जवाफमा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो। सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए।
भीम सार्कीले १८, गुलशन झाले १५ तथा कुशल मल्लले १२ बनाए। क्यानडाका डिलन हेलिगरले घातक बलिङ गर्दै ३१ रन खर्चेर ५ विकेट लिए। अखिल कुमार र अनस पटेलले समान २–२ विकेट लिए।
त्यसअघि क्यानडाका कप्तान निकोलस क्रिर्टनले नटआउट सर्वाधिक ७७ रन बनाए। ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए । डिलन हेलिगरले ३० रन बनाए। नेपालका सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए। सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलका नाममा १-१ विकेट रह्यो।
नेपालले अब बुधबार ओमानसँग खेल्नेछ। नेपाल लिग–२ मा ५ खेलमा २ अंकका साथ सातौँ स्थानमा छ। क्यानडा ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
