तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य

सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो। 

सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० कायम भएको छ। सोमबारको कारोबार मूल्य हालसम्मकै उच्च मूल्य थियो। 

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।