महोत्तरीमा १५० किलो गाँजासहित २ जना पक

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी गाँजासहित पक्राउ परेका छन्।

जलेश्वर– प्रहरीले रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

पक्राउ परेका उनीहरु क्रमशः बाप्र०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन्। उनीहरूले पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए।