बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।
उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका छन्। उनीहरूलाई खाद्यान्न, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले राष्ट्रसंघका एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) र नाइजेरिया रेडक्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।
लामो द्वन्द्वसँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसीएचएले जनाएको छ।
विपद्को समयमा लैंगिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालिकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधि अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ।
ओसीएचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षतिग्रस्त हुँदा तीन लाख मानिस विस्थापित भएका थिए। मैदुगुरीमा बाढीले अन्य महत्त्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन्।
कार्यालयका अनुसार पीडितको जीवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ।
बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ। बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ।
कार्यालयका अनुसार बाढीका कारण बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन् भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन्।
खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
