एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली एपीएफले हराएको छ।
काठमाडौँ– एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले हराएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा मंगलबार भएको खेलमा एपीएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो। यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपीएफ शीर्षस्थानमा छ।
प्रतियोगिता संकटा समान छ खेलबाट पाँच अंकका साथ सातौँ स्थानमा छ। एपीएफको जितमा सरू लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे। खेलको १३औँ मिनेटमा सरूको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन्।
खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपीएफलाई सहज जित दिलाइन्। एन्फाको आयोजनामा जारी लिगमा १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
