महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को शुरूआती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।
चालु आवका लागि सरकारले कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यो अवधिमा चालुतर्फ ७.२८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ बराबर खर्च भएको छ। चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो।
पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा ४.२३ प्रतिशत अर्थात् १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकामा १०.८ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ बराबर खर्च भएको छ।
यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११.५२ प्रतिशत राजस्व असुली गरेको छ। चालु आवका लागि कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ बराबर संकलन भएको छ।
यो अवधिमा संकलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११.३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार रुपैयाँ असुली भएको छ। कर राजस्वतर्फ सरकारले कूल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ।
गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रुपैयाँ बराबर वार्षिक लक्ष्य राखिएकोमा १५.६९ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ४३ लाख रुपैयाँ बराबर संकलन भएको छ। चालु आवका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
