मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।
म्याग्दी– दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ।
गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भएका हुन्। पानी खोज्दै हिँडेका उनीहरूका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो। मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। पुराना घर भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो भयो।
पानी खोज्दै बसाइ सर्नेहरू बढेपछि ध्येको सयौँ हेक्टर खेतीयोग्य जमिन बाझिएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए।
“सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन,” उनले भने, “जमिन सबै बाँझो हुँदै गयो। मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो।” आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको वडाध्यक्ष गुरुङले बताए।
खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो। हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेका हुन्। “पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो,” उनले भने, “भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो।”
स्थानीय बर्खामा भेडा च्यांग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन्। पानी पर्न छाडेपछि खेती पनि हुन छाडेको छ।
ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्थ्यो। अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन्। यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो थियो। पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए। सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए। नयाँ बस्तीमा उनीहरूले स्याउखेती गरिरहेका छन्। “तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ,” उनले भने।
ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ। ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार ७०० मिटर उचाइमा छ। उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ।
बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ। २०६४ सालदेखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम शुरू भएको थियो। चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा पनि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
