बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
काठमाडौँ– बायर्न म्युनिख आधुनिक युरोपेली च्याम्पियन्स लिगको एकै खेलमा ९ गोल गर्ने पहिलो टिम बनेको छ। घरेलु टोली बायर्नले मंगलबार राति क्रोएसियाली च्याम्पियन डायनामो जागरेबलाई एलिनाज एरिनामा ९–२ ले हराएको हो।
त्यसमा ह्यारी केन एक्लैले चार गोल गरे र यसमध्ये तीन गोल पेनाल्टीबाट थियो। उनी च्याम्पियन्स लिगको एकै खेलमा चार गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिग वा युरोपियन कपमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। केनले च्याम्पियन्स लिग वा युरोपियन कपको इतिहासमा ४५ खेलमा ३३ गोलका साथ शीर्ष इंग्लिस गोलकर्ता वेन रुनीको ३० गोलको रेकर्ड पनि तोडेका छन्।
बार्यनका लागि माइकल ओलिसेले २ गोल गरे। राफेल गुरेइरो, लेरोय साने र लियोन गोरेट्जकाका नाममा १–१ गोल रह्यो। यसअघि बार्यनले सन् २०२० मा बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो।
मंगलबार राति नै डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र लिभरपुलले पनि जित हासिल गरे। रियलले भीएफबी स्टुटगार्टलाई सान्टियागो बर्नाबाउमा ३–१ गोलअन्तरले हरायो। रियलको जितमा केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले गोल गरे। स्टुटगार्डका डिनिज अन्डाभले १ गोल फर्काए ।
रियलका लागि एम्बापेले पहिलो पटक च्याम्पियन्स लिगमा खेल्दै गोल पनि गर्न सफल भएका हुन्। लिभरपुलले एसी मिलानलाई सानसिरोमा ३–१ ले हरायो। अन्य खेलमा स्पोर्टिङ सीपीले लिललाई २–०, युभेन्ट्सले पीएसजी आयनहोभनलाई ३–१ र एस्टन भिल्लाले योङ ब्वाइजलाई ३–० ले हरायो।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता नयाँ ढाँचामा शुरू भएको हो। यसमा ३६ टिमले प्रतियोगिता खेलिरहेका छन् र प्रत्येक टिमले कम्तीमा ८ खेल खेल्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
