तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि भने एक हजार ८९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।